पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत जाँदै

हिमाल प्रेस १३ जेठ २०८० ६:५५ | Saturday, May 27, 2023
पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेत जाँदै फाइल तस्बिर।

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार (आज) सुर्खेत जाने भएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा आयोजना हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन उनी सुर्खेत जाने भएका हुन्।

अहिले बाँकेको नेपालगञ्जमा रहेका उनी दिउँसो २ बजे प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने तयारी छ। कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतका अध्यक्ष कविराम पुरीले जानकारी दिए।

अभिनन्दन कार्यक्रमपश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीको भनाइ छ। पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: १३ जेठ २०८० ६:५५ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast