हर्क साम्पाङले गुइँठे भनेपछि विष्णु रिमालले भने- मुलुक बनाउन बहुलाउनैपर्छ

हिमाल प्रेस ७ जेठ २०८० ११:२४ | Sunday, May 21, 2023
हर्क साम्पाङले गुइँठे भनेपछि विष्णु रिमालले भने- मुलुक बनाउन बहुलाउनैपर्छ

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकमा केही गर्न ‘बहुलाउनै’ पर्ने बताएका छन्। आज (आइतबार) फेसबुकमा स्टाटस लेख्दै उनले देश बनाउन बहुलाएरै लाग्नुपर्ने आशय व्यक्त गरेका हुन्। उनले संविधान निर्माण, नाकाबन्दीको सामना गर्न पनि ‘बहुलाएरै’ लागेको बताएका हुन्।

सामाजिक सञ्जालमा एक कार्यक्रममा रिमालले बोलेको भिडियो भाइरल बनेको छ, जहाँ उनले धरानका मेयर हर्क साम्पाङलाई ‘बहुला टाइप’को भनेका थिए। त्यसलगत्तै साम्पाङले पनि फेसबुकमा प्रतिक्रिया दिँदै रिमाललाई ‘गुइँठे’को संज्ञा दिएका थिए।

त्यसपछि रिमालले पनि फेसबुकमा देश बनाउन बहुलाउनैपर्ने आशयको अभिव्यक्ति दिएका हुन्। ‘अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेका छन्। सबैलाई श्रमदान गर भनिरहेका छन्। त्यसैले मैले पनि भनेको छु- ‘बहुला पाराले’ काम गर्ने, धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर,’ उनले लेखेका छन्, ‘म पनि काम गर्ने मामिला ‘बहुलाउने’ मानिस हुँ, हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो।’

प्रकाशित: ७ जेठ २०८० ११:२४ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast