तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते

हिमाल प्रेस ४ जेठ २०८० ११:०२ | Thursday, May 18, 2023
तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते सांकेतिक तस्बिर।

तनहुँ- तनहुँको व्यास नगरपालिकामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा व्यास-८, मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्।

आज (बिहीबार) बिहान ५ बजे घर नजिकैको बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए।

आक्रमणलगत्तै भालु भागेको थियो। घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्यचौकी लगेका थिए।

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।

प्रकाशित: ४ जेठ २०८० ११:०२ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast