व्यवसायीको अनुरोधमा कर्जा पुनर्तालिकीकरण गर्न सकिने

हिमाल प्रेस ३ जेठ २०८० १७:४८ | Wednesday, May 17, 2023
व्यवसायीको अनुरोधमा कर्जा पुनर्तालिकीकरण गर्न सकिने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थाको नाममा एकीकृत निर्देशन जारी गरेको छ। बुधबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीको अनुरोधमा कर्जाको पुनर्तालिकीकरण गर्न सकिने बताएको हो।

यसअघि उक्त व्यवस्था थिएन। एकीकृत निर्देशनमा होटल तथा रेस्टुरेन्ट पशुपन्छी पालन र निर्माण क्षेत्रबाहेकका व्यवसायीको अनुरोधमा ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्पनीमा १० प्रतिशत रकम असुलउपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ।

पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असारभित्रै गरिसक्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ। त्यस्तै गत चैत मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण गरिएको कर्जालाई पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले बताएको छ।

प्रकाशित: ३ जेठ २०८० १७:४८ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast