राजनीतिक अस्थिरताको मुख्य कारक माओवादी : ओली

हिमाल प्रेस २८ वैशाख २०८० १५:३८ | Thursday, May 11, 2023
राजनीतिक अस्थिरताको मुख्य कारक माओवादी : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अस्थिरताका मुख्य कारक माओवादी रहेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो आरोप लगाएका हुन्।

उनको प्रतिवेदनमा माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग परिचित भए पनि पछिल्लो समय शंकाको सुविधा दिँदा थप लत्याएको उल्लेख छ।

ओलीले भनेका छन्, ‘माओवादी केन्द्र राजनीतिक अस्थिरताको मुख्य कारक बन्न पुगेको छ। संसदीय अंकगणितमा प्राप्त सौदाबाजीका निम्ति प्रयोग गर्ने उसको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको छ।’

प्रकाशित: २८ वैशाख २०८० १५:३८ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast