बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भइन् मञ्जु

हिमाल प्रेस २७ वैशाख २०८० १५:४१ | Wednesday, May 10, 2023
बालकृष्ण खाण पक्राउ परेपछि मोबाइल अफ गरेर सम्पर्कविहीन भइन् मञ्जु मञ्नु र बालकृष्ण

काठमाडौँ- नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएसँगै आज (बुधबार) पक्राउ परे। खाण पक्राउ परेसँगै यो प्रकरणमा जोडिएकी उनकी श्रीमती मञ्जु भने सम्पर्कविहीन भएकी छन्।

मञ्जु आजको प्रतिनिधिसभा बैठकमा पनि सहभागी भएकी छैनन्। उनी कांग्रेसकी समानुपातिकतर्फकी सांसद हुन्। अहिले मञ्जुको मोबाइल पनि स्वीच अफ छ। प्रहरी स्रोतका अनुसार आज बिहान खाणलाई पक्राउ गर्न प्रहरी उनकै निवास पुग्दा पनि मञ्जु घरमा थिइनन्।

नक्कली शरणार्थी प्रकरणमा मञ्जुले ६ करोड रुपैयाँ बुझेको अडियो सार्वजनिक भएको छ। मञ्जुसँगै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणाले पनि २ करोड ५० लाख रुपैयाँ लिएको बयान पक्राउ परेकाहरूले प्रहरीलाई दिएका छन्।

प्रहरीले यसबारे प्रमाण जुटाउने काम भइरहेको बताएको छ।

प्रकाशित: २७ वैशाख २०८० १५:४१ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast