प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको बताएका हुन्।
उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए। ‘जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्नँ, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ,’ उनले भने, ‘सामाजिक न्याय र समृद्धिका निम्ति अघि बढेका छौँ।’
प्रकाशित: २७ वैशाख २०८० १४:३६ | Wednesday, May 10, 2023
प्रतिक्रिया




