‘नेपाल-पाकिस्तान बुद्धिस्ट सम्बन्ध’ पुस्तक विमोचन

हिमाल प्रेस १६ वैशाख २०८० १८:१५ | Saturday, April 29, 2023
‘नेपाल-पाकिस्तान बुद्धिस्ट सम्बन्ध’ पुस्तक विमोचन

काठमाडौँ- नेपाल-पाकिस्तान बुद्धिस्ट सम्बन्ध’ पुस्तक विमोचन गरिएको छ। काठमाडौँस्थित पाकिस्तानी दूतावासले हिरण्य अन्तर्राष्ट्रिय पुस्तकालयसँगको सहकार्यमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै पुस्तक विमोचन गरेको हो। पाकिस्तानका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तकमा पाकिस्ताका बौद्ध सम्पदाहरूको बारेमा उल्लेख छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीको उपस्थिति थियो। पूर्वप्रधानमन्त्री खनालले सांस्कृतिक सम्पदा दुई देशका जनताबीच जनसम्पर्कको महत्त्वपूर्ण माध्यम रहेको बताए। हिरण्यलाल श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा दुवै देशको साझा विरासत रहेको खनालले बताए।

त्यस्तै कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. त्रिरत्न मानन्धर, संस्कृतिविद् डा. गोपाल पोखरेल, पूर्वमन्त्री किर्पाल श्रेष्ठलगायतको उपस्थिति पनि थियो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले बौद्ध विरासत साझा रहेको बताउँदै नेपाल र पाकिस्तानबीचको स्थायी सम्बन्धको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्त्वमा जोड दिए।

प्रकाशित: १६ वैशाख २०८० १८:१५ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast