पूर्वअर्थमन्त्री लोहनीले प्रधानमन्त्रीलाई भने : रकम बाँड्ने काम देशप्रतिको गैरजिम्मेवारीको उदाहरण

हिमाल प्रेस १५ वैशाख २०८० ९:५३ | Friday, April 28, 2023
पूर्वअर्थमन्त्री लोहनीले प्रधानमन्त्रीलाई भने : रकम बाँड्ने काम देशप्रतिको गैरजिम्मेवारीको उदाहरण

काठमाडौँ- पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक संकटमा रहेका बेला रकम बाँड्ने काम प्रधानमन्त्रीको गैरजिम्मेवारीको एक उदाहरण भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत झन्डै एक अर्ब रकम कार्यकर्तालाई बाँड्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीका लागि मात्र सही भएको आरोप लगाएका छन्।

‘यस्तो अवस्थामा आर्थिक अनुशासनप्रति प्रतिबद्धता देखाउनु पर्नेमा झन्डै एक अर्ब रकम बाँड्ने प्रस्ताव तपाईको पार्टीको स्वार्थमा ठीक सम्झनु भएको होला,’ उनले भनेका छन्,‘ तर, देशप्रति तपाईँ को गैरजिम्मेवारीको नांगो उदाहरण हो।’

उनले यो रकम बाँड्ने काम तत्काललाई रोकिनुपर्ने बताएका छन्। सरकारले पूर्वलडाकुहरूलाई रकम बाँड्न कार्यविधि ल्याएको छ।
अयोग्य पूर्वलडाकुलाई रकम दिने निर्णयप्रति सत्तारुढ र प्रतिपक्षी दल विरोधमा उत्रिएका छन्। उनीहरूले यस्तो विषमपरिस्थितिमा रकम नबाँड्न आग्रह गरिररहेका छन्।

प्रकाशित: १५ वैशाख २०८० ९:५३ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast