‘चोर पुलिस’मा सौगात र अर्पण

हिमाल प्रेस १३ वैशाख २०८० १४:३४ | Wednesday, April 26, 2023
‘चोर पुलिस’मा सौगात र अर्पण

काठमाडौँ- मुकुन्द भट्टको निर्देशनमा फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने भएको छ। आज (बुधबार) निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती र इन्द्रप्रसाद खरेल कलाकारको अभिनय रहने निर्माण टिमले जनाएको छ।

निर्माण टिमका अनुसार फिल्ममा मुख्य अभिनेत्री छनोट हुन बाँकी छ। फिल्म सुदीपचन्द्र बखरेलको निर्माण र म्याक मिडिया एण्ड सर्भिसेजको ब्यानरमा बन्ने लागेको हो।

फिल्मका लेखक मुकुन्द भट्ट, नरेशनाथ योगी र सुमन सुनार हुन्। पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्म नेपालसहित अमेरिका, क्यानडा र अष्ट्रेलियामा छायांकन गरिनेछ। फिल्ममा दीपक आरजे र राजु भट्टको संगीत रहनेछ। समीर खरेल र सुमन ढकाल फिल्मका कार्यकारी निर्माता हुन्।

निर्देशक भट्टले यसअघि ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ को निर्देशन गरिसकेका छन्।

प्रकाशित: १३ वैशाख २०८० १४:३४ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast