सुरु भयो ‘सतीदेवी’ को छायांकन

हिमाल प्रेस ११ वैशाख २०८० १३:१८ | Monday, April 24, 2023
सुरु भयो ‘सतीदेवी’ को छायांकन

काठमाडौँ- लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशन रहेको फिल्म ‘सतीदेवी’को छायांकन सुरु भएको छ। आज सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।

निर्देशक सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सुरू गरिएको जानकारी दिएका हुन्।

फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिशा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहने छ।

फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुन लागेको हो।

प्रकाशित: ११ वैशाख २०८० १३:१८ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast