‘नाइँ नभन्नू ल ६’मा ‘कबाट कछुवा’ सिकाउँदै प्रियंका कार्की

हिमाल प्रेस ८ वैशाख २०८० ११:०३ | Friday, April 21, 2023
‘नाइँ नभन्नू ल ६’मा ‘कबाट कछुवा’ सिकाउँदै प्रियंका कार्की

काठमाडौँ- फिल्म ‘नाइँ नभन्नू ल ६’ को बालगीत ‘कबाट कछुवा’ सार्वजनिक भएको छ। तीन दशकअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘चोट’को यो चर्चित गीतको नयाँ संस्करण हो। गीत बालबालिकाबीच अहिले पनि उत्तिकै चर्चित छ। गीतको ख्यातिलाई मध्यनजर गरी फिल्म ‘नाइँ नभन्नू ल ६’मा यसलाई राखिएको छ।

धेरैको जिब्रोमा झुन्डिरहने यो गीतमा उतिखेर गायिका दीपा झाको स्वर रहेको थियो। यसपटक भने गीतमा बेनिशा पौडेलले स्वर दिएकी छन्।गीतमा अभिनेत्री प्रियंका कार्की देखिएकी छन्। उनी शिक्षिकाको भूमिकामा छिन्। बालबालिकालाई गीतमार्फत ‘कख’ सिकाउँदै गरेको देख्न सकिन्छ। गीतमा उनीबाहेक अर्थव उप्रेती, एभिलिना खड्कालगायत बालकलाकार पनि छन्।

डा. सुबोधकुमार पोखरेलको शब्द रहेको गीतमा संगीत भूपेन्द्र रायमाझीको रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन्। विकासराज आचार्य निर्देशित फिल्ममा आशीर्वाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, योगिशा खत्री, एञ्जल राईलगायत कलाकारको अभिनय छ।

फिल्म वैशाख १५ मा प्रदर्शनमा आउनेछ। पहिले वैशाख १ भनिएको फिल्मको प्रदर्शन मिति १५ दिन सरेको हो। फिल्ममा केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन्। फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन्।

प्रकाशित: ८ वैशाख २०८० ११:०३ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast