बैंकमा जम्मा भएको ५५ अर्ब रुपैयाँ उद्योगमा खर्च गरौँ : देवेन्द्र पौडेल

हिमाल प्रेस ५ वैशाख २०८० १५:११ | Tuesday, April 18, 2023
बैंकमा जम्मा भएको ५५ अर्ब रुपैयाँ उद्योगमा खर्च गरौँ : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेको रकम उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको मंगलबार आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा जम्मा भएको ५५ अर्ब रुपैयाँ देशका रुग्ण उद्योगमा परिचालन गर्नुपर्ने बताएका हुन्।

उनले अप्ठ्यारोमा परेका उद्योगमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे।  पौडेलले भने, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ। खुसीको कुरा हो। त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठ्यारोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगार सिर्जना गर्ने गरी अगाडि बढाइयोस्।’

 

प्रकाशित: ५ वैशाख २०८० १५:११ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast