काठमाडौँ– नेपाल प्रहरीका दुई जना डीआईजीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको सरुवा गरेको हो। सरुवा भएसँगै पोखरेल उपत्यका ट्राफिक कार्यालय पुगेका छन् भने जोशी विशेष ब्युरोमा पुगेका छन्। पोखरेल नेपाल प्रहरीको प्रवक्तासमेत हुन्।
उपत्यका ट्राफिक कार्यालयमा कार्यरत डीआईजी मिरा चौधरी एआईजीमा बढुवा भएसँगै उनको ठाउँमा पोखरेललाई खटाइएको हो। त्यस्तै विशेष ब्युरोमा कार्यरत सुदीप गिरी पनि एआईजीमा बढुवा भएपछि जोशीलाई ब्युरोमा पठाइएको हो।
जोशी यसअघि योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए।
प्रकाशित: २८ चैत २०७९ १९:५९
प्रतिक्रिया