देशभर थपिए १२४ जना कोरोना संक्रमित, १० जना आईसीयू र चार जना भेन्टिलेटरमा

हिमाल प्रेस २७ चैत २०७९ १७:५६ | Monday, April 10, 2023
देशभर थपिए १२४ जना कोरोना संक्रमित, १० जना आईसीयू र चार जना भेन्टिलेटरमा फाइल तस्बिर

काठमाडौँ- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६६वटा नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै आज २९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।

आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १० जना आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको छन्।

प्रकाशित: २७ चैत २०७९ १७:५६ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast