देशमा भ्रष्टाचार हुन नदिने पार्टी राप्रपा हो : धवलशमशेर

हिमाल प्रेस २७ चैत २०७९ १६:४० | Monday, April 10, 2023
देशमा भ्रष्टाचार हुन नदिने पार्टी राप्रपा हो : धवलशमशेर धवलशम्शेर राणा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताए।

उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए। उनले मन्त्रीका छोराहरूले विभिन्न घट्नाहरू घटाइरहेका भन्दै उनीहरूलाई कानुनी कठघरामा लानुपर्ने बताए।

उनले भने, ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ। तपाईहरू सचेत रहनुस्। यो सरकारलाई सचेत गराउन चाहन्छु। सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरूले विभिन्न घटनाहरू घटाइरहेका छन्। सरकारले यिनीहरू सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ।’

सांसद जबराले जिल्लाहरूमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरे। मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गरे।

‘वर्षायाम आइसक्यो। धान रोप्ने बेला भइसक्यो। जिल्लामा मलखादहरू पुगिरहेको छैन। यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्‍यो। राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्ने कुरा पटकपटक आइरहेको छ,’ उनले भने, ‘यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्‍यो। नत्र योपालि बजेट पास हुन गाह्रो होला।’

उनले एकदिन देशमा पुनः सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र स्थापना हुने दाबी गरे।

प्रकाशित: २७ चैत २०७९ १६:४० | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast