युवा संघको महाधिवेशन आजबाट सुरु हुँदै

हिमाल प्रेस २७ चैत २०७९ ६:५१ | Monday, April 10, 2023
युवा संघको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ।​ नेपालगञ्जमा हुने महाधिवेसनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए।

महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्। ​ उद्घाटन समारोहमा ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुनेछन्।

कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ। महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष सुमन पुरी, महासचिव, संघका अन्य नेताहरू रवीन्द्र लम्साल, तुलबहादुर अधिकारी, खेम शर्मा, सुरज खरेल लगायत कार्यक्रमस्थलमा केही दिनअघिबाटै खटिएका छन्।

‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टीकरण र अपराधीकरणलाई परास्त गर्दै अबको कार्यदिशाको गम्भीर समीक्षा हुने पुरीले जानकारी दिए।

 

प्रकाशित: २७ चैत २०७९ ६:५१ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast