सरकारको परराष्ट्र नीति : नेपालको भूमि कुनै पनि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने

हिमाल प्रेस २३ चैत २०७९ १८:३३
34
SHARES
सरकारको परराष्ट्र नीति : नेपालको भूमि कुनै पनि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने

काठमाडौँ- सरकारले नेपाली भूमि कुनै पनि विदेशी मुलुकविरुद्ध प्रयोग हुन नदिने घोषणा गरेको छ। आज बिहीबार सिंहदरबारमा गठबन्धन दलको तर्फबाट सरकारो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवम् पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने बताइएको हो।

त्यस्तै सरकारले भूपरिवेष्टित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक काम गर्ने पनि नीति कार्यक्रममा समावेश गरेको छ।

देशको द्रुततर आर्थिक विकासका लागि वैदेशिक लगानी प्रवर्द्धन गर्न, अन्तराष्ट्रिय श्रम बजारमा पहुँच पुर्‍याउन, नेपाली वस्तुको बजारीकरण गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न आर्थिक कूटनीतिलाई अगाडि बढाउने पनि नीति कार्यक्रममा समावेश गरिएको छ।

यस्ता छन् सरकारका प्राथमिकता

१. संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानून एवम् पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने।

२. ठूला र साना देशहरूबीच सार्वभौम समानता तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने। भूपरिवेस्टित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने।

३. दिगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रिपुर्ण सम्बन्धलाई सुदृढ बनाउने। आपसी सहयोगका क्षेत्रहरू विस्तार गरी सहकार्य र अन्तरआवद्धतालाई बढावा दिने।

४. देशको द्रुततर आर्थिक विकासका लागि वैदेशिक लगानी प्रवद्र्धन गर्न, अन्तराष्ट्रिय श्रम बजारमा पहुँच पुर्‍याउन, नेपाली वस्तुको बजारीकरण गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न आर्थिक कूटनीतिलाई अगाडि बढाउने।

५. क्षेत्रीय स्तरमा तनावरहीत मित्रताका निम्ति आवश्यक पहलकद्मी लिने। नेपालको भूमि कुनै पनि विदेशी मुलुकको विरुद्ध प्रयोग हुन नदिने। सार्क, विमिष्टेक, आईबिबिएन जस्ता क्षेत्रीय संस्थाहरूलाई गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने।

६. परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने।

प्रकाशित: २३ चैत २०७९ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast