एसईईको सुरक्षामा खटिएका प्रहरीको मृत्यु

हिमाल प्रेस १७ चैत २०७९ १८:२१ | Friday, March 31, 2023
एसईईको सुरक्षामा खटिएका प्रहरीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

जलेश्वर- एसईईका लागि खटिएका एक प्रहरीको निधन भएको छ। रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसइई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो।

मृतक पटेलको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। घटनाबारे परिवारजनलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस

प्रकाशित: १७ चैत २०७९ १८:२१ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast