काठमाडौँ- आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन कम्पनीका साझेदार (एजेन्टहरू)मार्फत अब अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सकिने भएको छ। देशभरका आइएमईका साझेदारहरूमार्फत सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सकिने कम्पनीले जानकारी दिएको छ।
साझेदारहरूले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’मार्फत अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।
उक्त सेवामार्फत पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आइएमई ग्रूपले लिएको छ।
प्रकाशित: १६ चैत २०७९ १८:०० | Thursday, March 30, 2023
प्रतिक्रिया



