बालुवाटारमा गठबन्धन बैठक, मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल जारी

हिमाल प्रेस १४ चैत २०७९ १७:२४ | Tuesday, March 28, 2023
बालुवाटारमा गठबन्धन बैठक, मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल जारी

काठमाडौँ- सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ।

छलफलमा सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: १४ चैत २०७९ १७:२४ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast