‘समय सकस’का साथ आइन् बसन्ती शाही

हिमाल प्रेस ११ चैत २०७९ १८:१५ | Saturday, March 25, 2023
‘समय सकस’का साथ आइन् बसन्ती शाही

सुर्खेत– प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको समय सकस नामक पुस्तकको लोकार्पण गरिएको छ। कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुस्तक लोकार्पण गरेका हुन्।

कोभिडको संकटबारेमा पुस्तक लेखिएको लेखक बसन्ती शाहीको भनाइ छ। पुस्तक ४०२ पृष्ठको रहेको छ। कोभिडकालमा ज्यान गुमाएका व्यक्तिहरू सम्झँदै सो समयमा भएका गतिविधिबारे सम्झना गर्दै उक्त पुस्तक लोकार्पण गरिएको उनले बताए।

पुस्तकमाथि बालरोग विशेषज्ञ डा. नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार महेन्द्र मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले आ-आफ्नो टिप्पणीसमेत राखे।

फ्युचर नेपाल संस्थाका अध्यक्ष यज्ञ खत्रीको अध्यक्षता रहेको कार्यक्रममा १ सयभन्दा धेरै व्यक्ति सहभागी थिए।

प्रकाशित: ११ चैत २०७९ १८:१५ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast