समानुपातिकमा एमालेले कटायो २५ लाख, तेस्रोमा उक्लियो स्वतन्त्र पार्टी

हिमाल प्रेस १२ मंसिर २०७९ ७:२७ | Monday, November 28, 2022
समानुपातिकमा एमालेले कटायो २५ लाख, तेस्रोमा उक्लियो स्वतन्त्र पार्टी

काठमाडौँ- समानुपातिकतर्फ हालसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ मत प्राप्त गरेको छ।

चौथोमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार एक सय ८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

यही मंसिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो। सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो।

प्रकाशित: १२ मंसिर २०७९ ७:२७ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast