पाशुपत क्षेत्रमा एक दिन [फोटो कथा]

हिमाल प्रेस ११ चैत २०७९ ९:३८ | Saturday, March 25, 2023
पाशुपत क्षेत्रमा एक दिन [फोटो कथा]

काठमाडौँ- पशुपतिनाथको मन्दिर। नाम सुन्नेबित्तिकै उपासना र आराधना गर्न मन लाग्छ। त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ। त्यसैले पशुपतिनाथ मन्दिर विश्वमा प्रख्यात छ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो। शैव, शाक्त, वैष्णव, बौद्ध, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल (अखाडा) पनि छन्।

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाका रूपमा छ। जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ। साथै यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ।

पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ। बिहानै पूजापाठ, मध्याह्न पर्यटकको चहलपहल, भक्तजनको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ। त्यसैले त पशुपतिमा सबै छ र केही छैन।

पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान् खोज्दै पुग्छन्, कोही भगवान्सँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन्।

  

प्रकाशित: ११ चैत २०७९ ९:३८ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast