‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक

हिमाल प्रेस ९ चैत २०७९ १९:०१ | Thursday, March 23, 2023
‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौँ- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार एक समारोहका बीच उक्त योजना सार्वजनिक गरेको हो।कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरे।

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र वृद्ध अवस्थासम्म आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी उक्त योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ।

‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ नारासहित नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको छ।

उक्त बीमा योजनामा सहभागी हुन बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्षसम्म रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि ३५ वर्षसम्म हुने कम्पनीले बताएको छ।

उक्त योजनाको न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँ हुने र अधिकतम बीमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीको भनाइ छ।

यो योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ९ चैत २०७९ १९:०१ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast