घान्द्रुक फोहोर व्यवस्थापनमा ज्योति विकास बैंकको सहयोग

हिमाल प्रेस ८ चैत २०७९ १७:५८ | Wednesday, March 22, 2023
घान्द्रुक फोहोर व्यवस्थापनमा ज्योति विकास बैंकको सहयोग

काठमाडौँ- घान्द्रुक फोहोर व्यवस्थापनमा ज्योति विकास बैंकले सहयोग गरेको छ। फोहोर व्यवस्थापनका लागि बैंकले ६६ वटा डस्टबिन सहयोग गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समितिलाई उक्त सहयोग हस्तान्तरण गरेको हो।

देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ। बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बुधबार घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरू हस्तान्तरण गरे।

सो कार्यक्रममा बैंकका पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनामलगायत बैंकका अन्य कर्मचारी, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीको पनि उपस्थिति थियो।

सोही कार्यक्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकहरूलाई सवारीसाधनको भाडा भुक्तानीमा सजिलो होस भन्ने उद्देश्यले बैंकले जिप सञ्चालक समितिसँगको सहकार्यमा जिपहरू क्यूआर कोडा वितरण पनि गरिएको तियो।

प्रकाशित: ८ चैत २०७९ १७:५८ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast