अब वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सामाजिक सुरक्षा योजनामा

हिमाल प्रेस ८ चैत २०७९ १२:५० | Wednesday, March 22, 2023
अब वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सामाजिक सुरक्षा योजनामा

काठमाडौँ- वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू लक्षित सामाजिक सुरक्षा योजना बुधबारबाट सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो योजनाको शुभारम्भ गरेका हुन्।

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लागेको हो। श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सक्नेछन्।

कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ। यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ।

खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ। यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ३ लाख ९९ हजार ५ सय ६६ श्रमिक आबद्ध भइसकेका छन्। कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ।

कोषले योगदानकर्तालाई ३ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको हो।

प्रकाशित: ८ चैत २०७९ १२:५० | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast