‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभ मुहूर्त

हिमाल प्रेस ३ चैत २०७९ १४:४० | Friday, March 17, 2023
‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभ मुहूर्त

काठमाडौँ- फिल्म ‘फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले आज शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामराको पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेको छ।

फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’का नामले फिल्मको नाम राखिएको छ। फिल्ममा भष्मे डनका रूपमा देखिएका विपिन कार्की फिल्ममा मुख्य भूमिकामा छन्। खगेन्द्र लामिछानको लेखन तथा निर्माण रहेको फिल्मको यही चैत १० बाट छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा विपिनबाहेक सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापामगरलगायत कलाकारको अभिनय रहनेछ। फिल्म आगामी दसैँतिर प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले घोषणा पनि गरेको छ।

प्रकाशित: ३ चैत २०७९ १४:४० | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast