अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २९ फागुन २०७९ १५:२० | Monday, March 13, 2023
अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्र सुधार गर्दै निजीक्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन्।

रुपन्देहीमा सिद्धार्थ उद्योग वाणिज्य संघको ६४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पदस्थापन कार्यक्रममा उनले उक्त जानकारी गराएका हुन्।

नीतिगत सुधार गर्दै निजीक्षेत्रमैत्री वातावरण बनाउन सके अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सजिलो हुने उनको भनाइ थियो। उनले कसैको व्यक्तिगत एजेण्डाभन्दा माथि उठेर निजीक्षेत्रको जित हुने गरी काम गर्ने बताए। ‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ। यसलाई सबैको जित हुने गरी तार्किक निष्कर्षमा पु¥याउनुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यक्तिकोभन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजीक्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ।’

यसका लागि महासंघले राष्ट्र बैंक र नेपाल सरकारसँग पटक पटक छलफल गरिरहेको उनको भनाइ थियो। बैंकको ब्याजदरको सन्दर्भमा आफूहरूले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको उनले बताए।

तीनै तहका सरकारहरू निजीक्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरू द्रूतरूपमा अगाडि बढ्न सक्ने उनले बताए। निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लागेका ढकालले खुल्ला सीमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरू मर्कामा परेको बताए।

खुल्ला सीमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरूको संरक्षणका लागि आफूले पहल गर्ने ढकालको भनाइ थियो।

प्रकाशित: २९ फागुन २०७९ १५:२० | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast