जनमोर्चाको बागलुङ अधिवेशन सम्पन्न, अध्यक्षमा ढुंगाना

हिमाल प्रेस २२ फागुन २०७९ १३:००
4
SHARES
जनमोर्चाको बागलुङ अधिवेशन सम्पन्न, अध्यक्षमा ढुंगाना

बागलुङ- नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुंगाना चयन भएका छन्। बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले आइतबार ढुंगानालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।

अधिवेशनमा उपाध्यक्ष खिमविक्रम शाही, सचिवमा भीमलाल पोखरेल, सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन्। दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिवेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो।

अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ। त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुंगो लगाएको छ। यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको अध्यक्ष ढुंगानाले बताए।

जिल्ला कमिटी सदस्यमा कृष्ण पौडेल, नेत्रबहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरिबहादुर थापा, लोकनाथ शर्मा, तीर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टीकासङ्गम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र ईश्वरमान विक चयन भए।

प्रकाशित: २२ फागुन २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast