आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवताहरू’को प्रदर्शनी हुने

हिमाल प्रेस ९ मंसिर २०७९ १३:००
4
SHARES
आर्ट काउन्सिलमा ‘नेपालका देवीदेवताहरू’को प्रदर्शनी हुने

काठमाडौँ- नेपाल आर्ट काउन्सिलको ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी हुने भएको छ। प्रदर्शनीमा विभिन्न धर्मका देवीदेउताहरूको कला राखिएको छ। यसले नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य राखेको छ।

कलाकृतिहरूको प्रदर्शनले हिन्दू र बौद्ध धर्मको उत्पत्ति, नेपालको मौलिक धर्म र दर्शनको बारेमा जानकारीसमेत दिने बताइएको छ। मंसिर ११ गतेदेखि सुरु हुने प्रदर्शनी २५ गतेसम्म चल्नेछ।

प्रकाशित: ९ मंसिर २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =