एनएसजेएफ स्पोर्ट्स अवार्ड : चार विधाकाे मनाेनयन सार्वजनिक

हिमाल प्रेस १६ फागुन २०७९ १४:०६ | Tuesday, February 28, 2023
एनएसजेएफ स्पोर्ट्स अवार्ड : चार विधाकाे मनाेनयन सार्वजनिक

काठमाडौँ- यस वर्षको एनएसजेएफ स्पोर्ट्स अवार्डमा मनोनित हुने चार विधाकाे खेलाडी मनाेनयन सूची सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने अवार्डकाे मनाेनयनमा परेका उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षककाे मनाेनयन सूची मंगलबार सार्वजनिक गरिएकाे हाे।

पुरुष खेलाडीकाे मनोनयनमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अन्जन विष्ट र किरण चेम्जोङ अनि ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्। महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सीता राना मगर र रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन्।

युवातर्फ फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन्।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट छन्।

प्रकाशित: १६ फागुन २०७९ १४:०६ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast