काठमाडौँ- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि सरकारले ‘केन्द्रीय पास’ वितरणको तयारी थालेको छ। सिंहदरबार प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको पास वितरणको तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको हो। रासस
प्रकाशित: १३ फागुन २०७९ १८:२८
प्रतिक्रिया