राप्रपाले लियो सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता

हिमाल प्रेस १३ फागुन २०७९ १०:१९
28
SHARES
राप्रपाले लियो सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने भएको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ।

गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएको राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो।

साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णयसँगै राप्रपा सरकारबाट बाहिरिएको हो।

प्रकाशित: १३ फागुन २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =