राष्ट्रपति निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन

हिमाल प्रेस १२ फागुन २०७९ ७:०६
2
SHARE
राष्ट्रपति निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौँ- राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

निर्वाचन कार्यतालिका अनुसार १३ गते उम्मेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन्। अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन्। कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ।

अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।

प्रकाशित: १२ फागुन २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast