ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

हिमाल प्रेस ११ फागुन २०७९ १९:५६ | Thursday, February 23, 2023
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

काठमाडौँ- ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता गरिएको छ। महासंघका सदस्यहरूलाई आवश्यक राजदुतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने तथा नवीकरण गराउनेसम्बन्धी सम्झौता भएको हो।

सम्झौतापत्रमा बिहीबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार महासंघअन्तर्गतका संघका सदस्यहरूले भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने ‘पर्फमेन्स बैंक जमानत’ सुविधा सहजै पाउनेछन्।

नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न अनिवार्य पर्फमेन्स बोन्डका लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा बैंक जमानत पत्र लिनपर्ने वा नवीकरण गर्ने प्रावधान छ। सोही प्रयोजनका लागि बैंकका सबै शाखाबाट उक्त सुविधा पाइने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ११ फागुन २०७९ १९:५६ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast