नम्रता निफकी सल्लाहकार

हिमाल प्रेस ११ फागुन २०७९ १२:१७ | Thursday, February 23, 2023
नम्रता निफकी सल्लाहकार

काठमाडौँ- अभिनेत्री नम्रता श्रेष्ठ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ सल्लाहकारमा मनोनीत भएकी छन्। महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा उनी सल्लाहकारका रूपमा सहभागी हुनेछिन्।

निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन्। अन्य सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार छन्।

नम्रताले २०६५ सालमा फिल्म ‘सानो संसार’मा अभिनयमा डेब्यु गरेकी हुन्।

चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ।

प्रकाशित: ११ फागुन २०७९ १२:१७ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast