ललितपुर महानगरलाई हरियाली शहर बनाउने चिरिबाबुको घोषणा

हिमाल प्रेस १० फागुन २०७९ १४:४८ | Wednesday, February 22, 2023
ललितपुर महानगरलाई हरियाली शहर बनाउने चिरिबाबुको घोषणा

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउन काम भइरहेको बताएका छन्। बुधबार ललितपुरमा नेपाल स्काउट बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुरलाई हरियाली शहर बनाउने योजना अनुसार काम भइरहेको बताएका हुन्।

आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउट शाखासँग समन्वय गरी महानगरपालिकालाई हरियाली र सुरक्षित शहर बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। महाकांल, बागमती गाउँपालिकाहरूमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरू पुर्याउने मेयर महर्जनले बताए। उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउन योजना र कार्यक्रम बनाएर काम सुरु भइसेको उनको भनाइ थियो।

सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनाबाट फिर्ता लिएर त्यहाँबाट हरियाली ललितपुरको काम सुरु भइसकेको उनको भनाइ थियो। ‘काम गर्नका लागि हामीले बजेट कुर्नु आवश्यक छ’ उनले भने, ‘त्यसपछि हामी कन्जुसम, महाकांल, बागमती गाउँपालिकाहरूमा स्काउट एक्टिभिटी बढाउन तयार छौँ।’

प्रकाशित: १० फागुन २०७९ १४:४८ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast