महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

हिमाल प्रेस ८ फागुन २०७९ १९:३६ | Monday, February 20, 2023
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका वडा नं ९ मा रहेको मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको हो। सो विद्यालयमा कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयलाई भौतिक व्यवस्थापनमा सजिलो होस् भन्ने उद्देश्यले सो सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

त्यस्तै बैंकको विजयपुर शाखाले पोखरा उपमहानगरपालिका वडा नं २६ मा रहेको कडेनी प्रगती टोल विकास संस्थालाई डस्टबिन र कुर्सी हस्तान्तरण गरेको हो। टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनका लागि डस्टबिन र संस्थाको कार्यालय प्रयोजनार्थका लागि कुर्सी सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

प्रकाशित: ८ फागुन २०७९ १९:३६ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast