सञ्चारकर्मी सम्मानित

हिमाल प्रेस ८ फागुन २०७९ १६:५४
10
SHARES
सञ्चारकर्मी सम्मानित

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट सम्पन्न भएको छ। गत वर्षदेखि थालिएको अवार्ड समारोहमा विभिन्न विधामा १० जना पत्रकार सम्मानित भएका छन्।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरियो। उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो। सञ्चारकर्मी भूषण दाहाललाई ‘उत्कृष्ट पत्रकारिता सम्मान’ बाट सम्मान गरियो। दाहाललाई दशकका पत्रकारको रूपमा ५१ हजार पुरस्कार राशिसहित सम्मान गरिएको छ।

मनोरञ्जन, खेलकुद, अनलाइन पत्रकारिता, कार्टुनिस्ट, छापा पत्रकारिता, रेडियो पत्रकारिता, टीभी पत्रकारिता, फोटो पत्रकार, युट्युब च्यानल गरी विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको थियो।

टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजक ड्रिम हाई नेपालले जनाएको छ।

काठमाडौँस्थित होटल याक एन्ड यतिमा आयोजित अवार्ड कार्यक्रममा विकास खतिवडा, भीमबहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्वाइस अवार्डबाट सम्मानित गरियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =