सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ ८:४३ | Thursday, November 24, 2022
सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन्। माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पारेका हुन्।
सापकोटाले ३० हजार ३७४ र नेपालले २७ हजार १८ मत पाए ।

१ प्रदेशसभा ‘क’ मा खड्का
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का विजयी भएकी छन्। एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन् भने एमालेका युद्धविक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएर पराजित भएका छन्।

प्रदेशसभा ‘ख’ मा सरल
प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन्। पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने। उनका प्रतिस्पर्धी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

श्रेष्ठले १३ हजार १३ मत ल्याएर पराजित भए। दुई वटा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ को मतपरिणाम आइसकेको छ भने क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को मतगणना जारी छ।

 

प्रकाशित: ८ मंसिर २०७९ ८:४३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast