कालीगण्डकी नदीमा खस्यो बस, १७ जना घाइते

हिमाल प्रेस ३ फागुन २०७९ १२:३४ | Wednesday, February 15, 2023
कालीगण्डकी नदीमा खस्यो बस, १७ जना घाइते

पोखरा- मुस्ताङको थासाङ-३, धम्पुमा बुधबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बिहान साढे ८ बजे कालीगण्डकी नदी खसेको हो।

बसमा सवार चालक, सहचालकसहित यात्रु घाइते भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि १४ जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ। घटनास्थल प्रहरी कार्यालय नजिकै भएको र समयमै थाहा भएकाले चाँडो उद्धार भएको हो।

दुर्घटनामा परेकाहरू मुस्ताङ घुम्न गएका तथा स्थानीयवासी हुन्।

प्रकाशित: ३ फागुन २०७९ १२:३४ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast