स्टार खेलाडी डेभिड वार्नर खेल्ने एनपीएलको खेलमा काठमाडौँले टस जित्यो, कर्णालीले ब्याटिङ गर्ने

हिमाल प्रेस १६ कार्तिक २०८३ १२:२२ | Monday, November 2, 2026
8
SHARES
स्टार खेलाडी डेभिड वार्नर खेल्ने एनपीएलको खेलमा काठमाडौँले टस जित्यो, कर्णालीले ब्याटिङ गर्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

टस जितेसँगै काठमाडौंले कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ। यस खेलसँगै विश्व क्रिकेटका चर्चित अस्ट्रेलियन ओपनर ब्याटर डेभिड वार्नरले औपचारिक रूपमा एनपीएलमा डेब्यु गरेका छन्।

आइतबार साँझ मात्र नेपाल आइपुगेका वार्नर आज बिहान टोलीको वार्मअपमा सहभागी हुँदै सिधै प्लेइङ-११ मा परेका हुन्।

काठमाडौं गोर्खाजका कप्तान करण केसीले विदेशी खेलाडीका रूपमा वार्नरसहित स्मित पटेल, रिपोन मण्डल र जहाँदाद खानलाई मैदान उतारेका छन्।

उता सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिलो इनिङ्समा ब्याटिङ गर्दै बलियो योगफल बनाउने लक्ष्य राखेको छ। कर्णालीको विदेशी कोटामा आरिफुल इस्लाम, मार्क वाट, हुसेन तलात र जिशान आलम प्लेइङ-११ मा छन्।

दुवै टोलीको प्लेइङ-११ :
काठमाडौं गोर्खाज : करण केसी (कप्तान), डेभिड वार्नर, भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, स्मित पटेल (विकेटकिपर), जहाँदाद खान।

कर्णाली याक्स : सोमपाल कामी (कप्तान), गुलशन कुमार झा, नन्दन यादव, दीपक डुम्रे (विकेटकिपर), युनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, आरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात, जिशान आलम।

 

प्रकाशित: १६ कार्तिक २०८३ १२:२२ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast