काठमाडौँ- कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।
कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिए।
उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।
२१ वर्षीय जिशन बंगलादेशका उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुन्।
प्रकाशित: १६ कार्तिक २०८३ ११:५९ | Monday, November 2, 2026
प्रतिक्रिया



