काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज काउली, गोलभेँडासहितका केही तरकारीको भाउ घटेको छ। तर, भिन्डी, च्याउसहितका कतिपय तरकारी भने महँगिएको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ४० रुपैयाँ छ।
त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ३७, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ८५, लौका ५५, लोकल परबल ६५, घिरौँला ३५, हरियो डल्ले फर्सी ४५, भिन्डी ९५, रायोको साग ४०, पालुंगोको साग १००, कन्य च्याउ ११५, डल्ले च्याउ २८०, कुरिलो ७५० रुपैयाँ प्रतिकिलो छ।
यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य बढी छ।
कालीमाटीमा हिजो ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ५७ रुपैयाँ थियो भने रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ६५, हाइब्रिड मुला ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ९५, लौका ५५, लोकल परबल ७५, घिरौँला ४०, हरियो डल्ले फर्सी ४५, भिन्डी ८०, रायोको साग १२५, पालुंगोको साग १२५, कन्य च्याउ १०७, डल्ले च्याउ ३०५, कुरिलो ७५०, न्यूरो ९५ रुपैयाँ प्रतिकिलो थियो।



