कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस १६ कार्तिक २०८३ ६:३४ | Monday, November 2, 2026
8
SHARES
कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित कतिपय मुद्रा भने महँगिएका छन्।

युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८६ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।

प्रकाशित: १६ कार्तिक २०८३ ६:३४ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast