वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा २ पक्राउ

हिमाल प्रेस १५ कार्तिक २०८३ ६:३६ | Sunday, November 1, 2026
8
SHARES
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा २ पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएका थिए ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित: १५ कार्तिक २०८३ ६:३६ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast