काठमाडौँ– बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ।
देशको अधिकांश स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८३ ७:४१ | Saturday, October 31, 2026
प्रतिक्रिया



