नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

हिमाल प्रेस ३१ असोज २०८३ १७:५४ | Saturday, October 17, 2026
10
SHARES
नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शनिबार शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका छन्।

उनले भनेका छन्, ‘राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो।’

चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको बताएका छन्।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३१ असोज २०८३ १७:५४ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast