मुलुकलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिइरहेको छः प्रधानमन्त्री

हिमाल प्रेस ३१ असोज २०८३ १०:१२ | Saturday, October 17, 2026
6
SHARES
मुलुकलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिइरहेको छः प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिरहेको बताएका छन्। बडादशैँको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नागरिकको आर्थिक सम्पन्नताले नै हरेक चाडपर्वको रौनक थप्नेपनि उल्लेख गरेका छन्।

दशैँजस्तो महापर्व आर्थिक अभावका कारण कसैका लागि पनि बोझ बन्न नहुनेमा सरकार पूर्ण रूपमा सचेत रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्। ‘आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी गराउन चाहन्छु,’ शुभकामना सन्देशमा उनले भनेका छन्।

प्रकाशित: ३१ असोज २०८३ १०:१२ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast